मधेस प्रदेश समाचार समाज

सप्तरीको कञ्चनरुपमा आगलागी हुँदा जलेर एक पुरुष घाइते, तीन घर जलेर नष्ट हुँदा लाखौंको क्षति

कञ्चनरुप, २८ चैत । सप्तरीमा दिनप्रति दिन आगलागीका घटनाहरु बढी रहेको छ । यसै क्रममा सप्तरीको कञ्चनरुप नगरपालिका १ बैरवामा मंगलबार बिहान आगलागी हुँदा जलेर एक पुरुष घाइते भएका छन ।
स्थानिय विनय खंगको घरमा खाना पकाउने क्रममा चुल्होबाट सल्केको आगोले उनको घर जलेर नष्ट भएको हो । सो क्रममा बाँधिएको बाछालाई खोल्न जाँदा घरधनी विनय खंग जलेर सख्त घाइते भएका छन ।

उपचारका लागि खंगलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
विनय, रामेश्वर खंग र विरेन्द्र खंगको गरि तीन घर जलेर नष्ट हुँदा लाखौंको क्षति भएको हो। तीनै परिवारको घरमा रहेका धान, गहुँसहितको खाद्यन्न, फर्निचरका सामग्री तथा लताकपडा, चौपाया, नगद गरी कुल १९ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
कञ्चनरुप नगरपालिकाको वारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page