मधेस प्रदेश समाचार समाज

सप्तरीमा जेठानीले तातोपानी खन्याउँदा देउरानी गम्भिर घाइते ,जेठानी विरुद्ध उजुरी

राजविराज । सप्तरीको हनुमाननगर कङ्कालिनी नपा–५ योगिनियाकी २५ वर्षीया रिन्जुकुमारी चौधरीको शरीरमा ३५ वर्षीया जेठानी उर्मिलादेवी चौधरीले बुधबार तातो पानी खन्याएर घाइते बनाएकी थिइन् । उक्त तातोपानी खन्याएको आरोपमा पीडितका पति पप्पुकुमार चौधरीले सोही दिन इलाका प्रहरी कार्यालय हनुमाननगरमा उजुरी दिनु दिएका छन ।
खाना बनाउँदै गरेका बेला घरायसी विवादका कारण पीडितको शरीरमा आरोपितले तातो पानी खन्याएपछि रिन्जु घाइते भएको पीडितका पति पप्पुले बताए ।
राजविराजमा उपचार हुन नसके पछि घाइतेलाई उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको उहाँका पति पप्पुकुमार चौधरीले बताए ।
हनुमाननगरबाट प्रहरी टोली घटनास्थल पुग्दा आरोपित फरार भएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेशकुमार सिंहले बताए

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page