समाचार समाज

नेपाल तामाङ घेदुङ सप्तरीको सचिवालय समिति गठन

बिरेन्द्र बजार, २ वैशाख । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सप्तरीको सचिवालय समिति गठन गरिएको छ ।
अग्निसाईर कृष्णासवरन गाउँपालिका २ स्थित त्रिरत्न गुम्वा चाँदनी चौकमा शनिबार सम्पन्न जिल्ला घेदुङको प्रथम बैठक १५ सदस्यीय समिति गठन गरेको हो ।
समितिको अध्यक्षमा सूर्यमान तामाङ, उपाध्यक्ष जनक बम्जन, उपाध्यक्ष सरिता योन्जन ,उपाध्यक्ष सुनमाया पाख्रीन, सचिव डिक बहादुर मोक्तान, सह सचिव तिर्थ बहादुर मोक्तान, सदस्य सीता बम्जन, अशोक योन्जन छन् । यसैगरी घेदुङका स्थानीय तहका अध्यक्षहरु अग्निसाईर कृष्णासवन गाउँपालिका अध्यक्ष भक्त बहादुर लो, रुपनी गाउँपालिका अध्यक्ष भद्र कुमारी सिंदन, शम्भुनाथ नगरपालिका अध्यक्ष पदम बहादुर बम्जन, कञ्चनरुप नगरपालिका अध्यक्ष चतुरमान स्याङ्दन, खडक नगरपालिका अध्यक्ष सुर्यमान गोले, सप्तकोशी नगरपालिका अध्यक्ष विश्वराज घिसिङ लगायतका छन् ।
बैठकमा संघीय सदस्य एवम् सप्तरी जिल्ला ईन्चार्ज भिम घिसिङ, आदिवासी जनजाति महासंघ सप्तरीका पूर्व अध्यक्ष बृजमान तामाङ, घेदुङका पूर्व केन्द्रिय सदस्यहरु मेख बहादुर बम्जन, खडग बहादुर योन्जन समेतको उपस्थिति रहेको थियो ।
नेपाल तामाङ घेदुङ सप्तरीको चैत १८ गते सम्पन्न आठौं जिल्ला अधिबेशनबाट सिंदनको नेतृत्वमा २६ सदस्यीय जिल्ला समवन्य समिति गठन भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page