धर्म संस्कृति मधेस प्रदेश समाज

अग्निसाईर देवस्थल प्रवेशद्वार उदघाटन

बृजमान तामाङ /
बिरेन्द्र बजार, २ वैशाख । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ स्थित रहेको प्रसिद्ध अग्निसाईर देवस्थल प्रवेशद्वार उदघाटन गरिएको छ ।
नयाँ वर्षको अवसरमा शुक्रबार आयोजित एक समारोहका विच गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले रिवन काटेर प्रवेशद्वार उदघाटन गरेका हुन ।
अग्निसाईर कृष्णासवरन गाउँपालिकाको १५ लाखको लागतमा निर्मित प्रवेशद्वार नयाँ वर्षको अवसरमा उदघाटन गरिएको अगनिसाईर देवस्थल विकास समिति सितापुर भुर्कीका अध्यक्ष सुरेश कुमार चौधरीले जानकारी दिए । उक्त अबसरमा बृहत साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
अग्निसाईर कृष्णासवरन गाउँपालिकाको सहयोग तथा अग्निसाईर देवस्थल विकास समिति सितापुर भुर्कीद्वारा आयोजित कार्यक्रममा अग्निसाईर कृष्णासवन गाउँपालिकाका उपाध्यक्ष कल्पना कुमारी चौधरी, वडा नम्बर १ का अध्यक्ष सबजुल खलिफा, वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरी, ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादव, वडा नम्बर ६ का अध्यक्ष अशोक कुमार आचार्य, साविक प्रशवनी गाविसका अध्यक्ष रामदेव यादव, थारु कल्याण कारिणी सभा सप्तरीका अध्यक्ष शिव नारायण चौधरी, पत्रकार बृजमान तामाङ, प्रिया सिंह थारु, कार्यपालिका सदस्यहरु तथा विभिन्न संघसंस्थाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय कलाकार अनु कुस्मी फुलकुमारी, अनुमा चौधरी, उमेश चौधरी, जनक चौधरी लगायतका थारु साँस्कृतिक चलचित्र संघ सुनसरीका कलाकारहरुद्वारा गित तथा नृत्य प्रस्तुत गरिएको थियो ।
अग्निसाईर देवस्थल विकास समिति सितापुर भुर्कीका अध्यक्ष सुरेश चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन सचिव श्याम कुमार चौधरीले गरे ।

   

You cannot copy content of this page