समाचार

नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

बृजमान तामाङ /
२ वैशाख । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका ५ तिरुहुत गौरमौराईन मन्दिरमा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ ।
अग्निसाईर कृष्णासवन गाउँपालिकाको सहयोगमा तिरुहुत गौरमौराईन सामुदायिक बन उपभोक्ता समिती भिमारद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।
वन उपभोक्त समितिका अध्यक्ष लक्षमिकान्त चौधरीको अध्यक्षता तथा अग्निसाईर कृष्णासवन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना भएको थियो ।

कार्यक्रम गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी चौधरी, वडा नम्बर ५ का अध्यक्ष सवदुल मियाँ, ६ का अध्यक्ष अशोक आचार्य लगायतका विभिन्न २५ वटा सामुदायिक बन उपभोक्ता समितिका पदाधिकारी, डिभिजनवन कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र बुद्धिजीवीहरुको उपस्थिति रहेको स्थानीय युवा नेता संतोष लेखीले जानकारी दिए ।
हिरावती आधारभुत विधालय व्यवस्थापन समिति भिमारका अध्यक्ष श्यामकान्त चौधरीद्वरा संचालित कार्यक्रममा स्वागत सानकिसान सहकारी संस्था महुलीका अध्यक्ष दुर्गानन्द चौधरीले गरे ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page