मधेस प्रदेश समाचार समाज

विष सेवनबाट सप्तरीमा ३२ वर्षीय युवकको मृत्यु

सप्तरी । सप्तरीमा विष सेवनबाट आइतबार ३२ वर्षीय युवकको मृत्यु भएको छ । विष सेवनबाट मृत्यु हुनेमा जिल्लाको राजगढ गाउँपालिका ६ इनर्वा टोलका ३२ वर्षिय मो. इजरायल रहेका छन् ।
सप्तरी प्रहरीका अनुसार घरायसी विवादमा विष सेवनबाट गम्भिर परेका इजरायललाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल पु¥याइएको थियो ।
त्यहाँ अवस्थामा सुधार नदेखिएपछि थप उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पताल पु¥याइएको थियो । आवश्यक स्वास्थ्य परिक्षण पश्चात चिकित्सकले इजरायललाई मृत घोषित गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page