कोशी प्रदेश समाज

सुनसरीको दुहबीमा करेन्ट लगाई माछा मार्ने क्रममा १ जनाको मृत्यु

सुनसरी, बैशाख ४ गते । सुनसरीको दुहबीमा करेन्ट लगाई माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
दुहबी नगरपालिका १० स्थित ट्याङग्रा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा सोही स्थानका २७ वर्षीय दुखीलाल उरावको मृत्यु भएको हो ।
आइतबार बेलुका साढे ६ बजे करेन्ट लगाई माछा मार्ने क्रममा घाईते भएका उरावलाई आफन्तले उपचारको लागि इनरुवा अस्पताल लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page