मधेस प्रदेश समाचार समाज

सप्तरीमा यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा २१ जना यात्रु घाइते

सप्तरी, ५ वैशाख । सप्तरीमा यात्रुबाहक बस आफैं अनियन्त्रित भई दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन् ।
जिल्लाको शम्भुनाथ नगरपालिका ८ मिलन चौक स्थित पुर्वपश्चिम राजमार्गमा मंगलबार पश्चिमबाट पुर्वतर्फ जादै गरेको ना ६ ख १४७९ नम्बरको बस आफैं अनियन्त्रित भई पल्टिदा २१ जना यात्रु घाईते भएका छन् ।
घाईते हुनेहरुमा झापा बुधबारे बुद्धशान्ती गाउँपालिका २ बस्ने बर्ष ५० की डम्बर कुमारी गौतम, बर्ष ६९ की जगदेवी अठानी, बर्ष ६५ की देव माया मगरती, बर्ष ४५ की नर माया मगरती, बर्ष ३९ को अम्रिता बजगाई, बर्ष ५० की मिना ढकाल, बर्ष ५३ की कमला सुवेल, बर्ष ५० हिमा लमजेल, बर्ष ६० की कमला लमजेल, बर्ष ६१ की बाल कुमारी मगरको युनिभर्सल अस्पताल कल्याणपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यसैगरी बर्ष ५१ को बाल किसन मिजार, बर्ष ४८ को बुद्धिमान लिम्बु, बर्ष ४८ को केदार पौडेल,बर्ष ५८ की सरिता बोहरा, बर्ष ४० को टिका बोहरा, बर्ष ३८ की गिता मिजार, बर्ष ३०की बिना आचार्य, बर्ष १४ की अस्मिता गुरागाई, बर्ष ४७ की उमा श्रेष्ठ, झापा गौरादह गाउँपालिका ४ को बर्ष ४६ को धर्मेन्द्र कुमार श्रेष्ठ, बर्ष ४० की सुस्मा प्रधानको कल्याणपुर स्थित एडभान्स अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।
घाइतेहरुको उपचार भइरहेको तथा बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

You cannot copy content of this page