मधेस प्रदेश समाचार समाज

सप्तरीकी एक महिला झुण्डिएको अवस्थामा मृत फेला

सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिका वडा नम्बर ५ निवासी एक महिला पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
सोहि ठाउँका ओम प्रकाश पण्डितकी २५ वर्षीया श्रीमती यशोदा पण्डित शुक्रबार आफ्नै घरमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
यशोदा आफ्नै घरको बासँको धरीनमा नाईनलको डोरीले पासो लगाई झुण्डीएको अवस्थामा मृत देखेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए । खबर पाउना साथ प्रहरी घटना स्थलमा पुगेको थियो ।
मृतकको शव पोष्टमार्टमका लागि पठाइएको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page