मधेस प्रदेश समाचार समाज

सप्तरीको कञ्चनरूपमा एक पुरुषको झुन्डिएको अवस्थामा शव फेला

कञ्चनरूप , १२ वैशाख । सप्तरीको कञ्चनरूप नगरपालिकामा एक पुरुषको झुन्डिएको अवस्थामा शव फेला परेको छ । कञ्चनरूप- ४ जगतपुर स्थित मुसहरी टोलमा मंगलबार स्थानीय ३५ वर्षीय मनोज सदाको शव बाँसको बलोमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
घर भन्दा ५ सय मिटर पूर्व नहरको छेउमा सदाले खेतबालि रेखदेखको लागि बनाईएको फुसको छाप्रोको बाँसको बलोमा तन्ना च्यातेको कपडाको टुक्राले पासो लगाई झुण्डि मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
सदाको शव परिक्षणका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लगिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

You cannot copy content of this page