मधेस प्रदेश समाज

सप्तरीको ब्रहमपुरमा रुखमा झुन्डिएको अवस्थामा ३० वर्षीया महिलाको शव फेला

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ स्थित ब्रहमपुरमा रुखमा झुन्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
स्थानीय धर्मेन्द्र साहको ३० वर्षीया श्रीमती वविता देवी साह सोमबार बिहान घर देखी ५ सय मिटर पूर्व चौरीमा रहेको पिपलको रुखमा प्लास्टिकको डोरीले पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको र घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page