मधेस प्रदेश समाचार

सात लाखभन्दा बढी नक्कली नोटसहित एक महिला पक्राउ

धनुषा, १२ वैशाख । सात लाखभन्दा बढी नक्कली नोटसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका ६ की २५ वर्षीया अनुकुमारी साह रहेकी छन् ।
जनकपुर उपमहानगरपापलिका वडा नं. २३ स्थित बसपार्कमा खटिएको प्रहरी चेकिङ् टोलिले उक्त महिलाले कालो ब्याग बोकी यताउता हिडडुल गरिरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा उक्त रकम बरामद गरेको हो ।
साहको साथबाट प्रहरीले सात लाख एकत्तर हजार पाँच सय नेपाली नक्कली नोट बरामद गरेको र निज महिलाको खल्तीबाट सक्कली नेपाली रु १० हजार ५०० र सक्कली भारतीय १६० समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
अनुकुमारीले भारतबाट उक्त नक्कली नोट १ लाख सक्कली बराबर २ लाख नक्कली नोट साटी ल्याएको भन्ने प्रारम्भिक जानकारी गराएको र उक्त नक्कली कारोवारमा थप संलग्नता रहेको जनकपुरधाम नगरपालिका वडा नं. २ बस्ने अं. बर्ष २५ को लंकेश कुमार साह समेतलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page