मधेस प्रदेश समाचार समाज

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनरूपका मो. अकमल पक्राउ

राजविराज । सप्तरीमा १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन । जिल्लाको कञ्चनरूप नगरपालिका–६ घोघनपुरका २० वर्षीय मो. अकमल पक्राउ परेका हुन ।
इलाका प्रहरी कार्यालय कञ्चनरूपले ०७७ भदौ १२ गते उजुरी दर्ता गरी आरोपितको खोज तलासका क्रममा शनिबार पक्राउ गरेको जनाएको छ ।
आरोपितले फोन गरी मस्जिदमा भेट्न बोलाइ भदौ २ गते राती बलात्कार गरेको पीडितले बताइन् । पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा ०७७ भदौ ११ गते उजुरी दिएकी थिइन् ।
पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भदौ १२ गते स्वास्थ्य परीक्षण भएको थियो ।
जिल्ला अदालतबाट ०७७ भदौ १५ गते पक्राउ पुर्जी जारी भएकोमा आरोपित पक्राउ नभएपछि सप्तरी जिल्ला अदालतले ०७८ भदौ १ गते अभियोजनपत्र दर्तासँगै वारेण्ट जारी गरेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page