समाचार समाज

कञ्चनरूप नपाद्वारा रूपनगर नन्दराज संग्रौला क्याम्पसलाई कम्प्युटर लगायतका सामाग्री हस्तान्तरण

उत्तम आचार्य /
कञ्चनरूप, १३ वैशाख । रूपनगर नन्दराज संग्रौला क्याम्पस कञ्चनरूप १२ रुपनगर सप्तरीमा बुधवार कम्प्युटर हस्तान्तरण तथा बार्षिक प्रबोधिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कञ्चनरूप नगरपालिकाले कम्प्युटर ५ थान ,ल्यापटप २ थान, फोटो कपि मेसिन (प्रीन्टर) १ थान क्याम्पसलाई सहयोग गरेको हो ।
एक कार्यक्रम बीच नगर प्रमुख ललन प्रसाद गुप्ताले क्याम्पस प्रमुख दिगम्बर साहलाई कम्प्युटर लगायतका सामग्रीहरु हस्तान्तरण गर्नु भएको थियो ।

सो कार्यक्रममा बोल्दै नगर प्रमुख ललन प्रसाद गुप्ताले सकारात्मक सोचका साथ व्यक्तिगत स्वार्थलाई, त्यागेर सामुहिक स्वार्थ लिएर अगाडी बढेमा समाजलाई चाँडै परिवर्तन गर्न सकिने बताउनु भयो । क्याम्पसका जग्गादाता गिरीराज संग्रौलाले बुवाको नाममा करोडौंको लगानी गरेर क्याम्पस बनाउनु भयो नगरपालिकाको तर्फ बाट गुप्ताले सम्मान व्यक्त गर्नु भयो । शिक्षा क्षेत्रको खस्कदो अवस्था देखेर गुप्ताले चिन्ता समेत ब्यक्त गर्नु भयो ।
जग्गादाता तथा क्याम्पस संचालक समितिका अध्यक्ष गिरिराज संग्रौलाले पढाई सर्टिफिकेट लिनका लागि मात्र नभएर क्याम्पसले गुणस्तरिय शिक्षा प्रदान गरी क्षमतावान विद्यार्थी उत्पादन गर्ने अभियानमा लागेको कुराको जानकारी गराउनु भयो । क्याम्पसको भौतिक पूर्वाधारदेखि हालको अवस्थासम्म सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद समेत दिनु भयो ।

क्याम्पस प्रमुख दिगम्बर साहले क्याम्पसमा हालसम्म भएका कार्यक्रम र क्याम्पसको अवस्थाका वारेमा जानकारी गराउनु भएको थियो । जग्गादाता तथा क्याम्पस संचालक समितिका अध्यक्ष गिरिराज संग्रौलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page