मधेस प्रदेश समाचार

प्रदेश सभा सदस्य लेखीद्वारा ६ लाख बढी निर्वाचन खर्च सार्वजनिक

कञ्चनरुप, बैशाख १३ गते । २०७९ को मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको उम्मेदवारहरुले खर्च विवरण सार्वजनिक गरेका छन् ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य एवं मधेश प्रदेशका निवर्तमान कानुन मन्त्री राज कुमार लेखीले चुनाव खर्च सार्वजनिक गर्नुभएको छ ।
सप्तकोशी नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयमा आयोजित एक कार्यक्रमका विच गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा भएको खर्च सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रममा प्रदेशसभा सदस्य लेखीले ६ लाख ६५ हजार १ सय ६८ रुपैयाँ चुनाव खर्च विवरण सार्वजनिक गर्नुभयो ।

उहाँले मतदाता नामावली खर्च ३५ हजार, सवारी साधन दुई लाख ११ हजार सात सय आठ, प्रचार प्रसार सामाग्री तर्फ ९२ हजार छ सय १०, गोष्ठी अन्तरक्रियामा तीन लाख २५ हजार आठ सय ५० गरी कुल ६ लाख ६५ हजार एक सय ६८ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो ।
निर्वाचन आयोगमा निर्वाचित भएको एक महिनाभित्र चुनाव खर्च बुझाएको भएपनि आयोगले खर्च विवरण सार्वजनिक गर्न सूचना निकालेपछी चुनाव खर्च सार्वजनिक गरेको उहाँले बताउनु भयो । लेखीले वडा कार्यालयको सुचना पार्टीमा आयव्यय विवरण टास गर्दै खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।
नेकपा (एमाले) का केन्द्रिय सदस्य समेत रहेका लेखी गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
यस्तै सप्तरी निर्वाचन क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा सदस्यबाट उम्मेदवार भएका ताराकान्त चौधरीले डाक्नेश्वरी नगरपालिका पातो बजार स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर निर्वाचनको सम्पूर्ण खर्चको विवरण सार्वजनिक गर्नुभएको छ ।
उहाँले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ को तथा आयोगद्वारा स्विकृत निर्वाचन आचार संहिता बमोजिम प्रस्तुत गरेको छु भन्दै खर्चको विवरण जिल्ला निर्वाचन कार्यालय सप्तरीमा पेश गर्ने बताउनु भयो ।
उहाँको खर्चको विवरण अनुसार, मतदाता नामावली खरीदमा ९९ हजार, पाँच सय, प्रचार प्रसार सामाग्रीमा एक लाख १५ हजार सातसय ६४, गोष्टी अन्रक्रियामा खाना नास्ता वापत एकलाख २३ हजार नौ सय ५५ र इन्धन, डिजल, पेट्रोलमा छ लाख ९१ हजार चार सय २४ गरी कुल १० लाख ३० हजार छ सय त्रिचालिसको खर्च गरेको विवरण प्रस्तुत गर्नुभएको छ ।
यी दुबै उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट उम्मेदवार थिए ।
स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन क्षेत्र नम्वर ३ बाट उम्मेदवार बनेका दीपेन्द्र कुमार साहले कुल एक लाख ४३ हजार छ सय ५० रुपैया खर्च गरेको सोमवार पातोमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page