कोशी प्रदेश समाचार समाज

झापाको मेचीनगरबाट ब्राउन सुगर सहित ३ जना पक्राउ

झापा, बैशाख १५ गते । झापाको मेचीनगरबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोट तार्कश्वतर गाउँपालिका ३ का ३० वर्षीय सविन परियार, सिन्धुली दुधौली नगरपालिका ११ का ३० वर्षीय खड्ग सुनुवार र मेचिनगर ५ का २३ वर्षीय विक्रम दनुवार रहेका छन् ।
ईलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ५ स्थितबाट बिहीबार साँझ भारतबाट नेपाल तर्फ आउँदै गरेको उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा ७० ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
पक्राउ परेका तीनै जनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page