मधेस प्रदेश समाज

कोशी ब्यारेजको ५२ नम्बर ढोका तर्फ डुबेको अवस्थामा पुरुषको शव फेला

कञ्चनरुप, १९ वैशाख । कोशी ब्यारेजको ५२ नम्बर ढोका पुलको दक्षिण तर्फ पानीमा डुबेको अवस्थामा एक पुरुषको शव आज फेला परेको छ ।
मंगलबार बिहान ७ः४५ बजे सप्तरीको हुमाननगर कंकालनी नगरपालिका वडा नं.१ स्थित कोशी ब्यारेजको ५२ नम्बर ढोका पुलको दक्षिण तर्फ पानीमा डुबी घोप्टो अवस्थामा पहिचान नखुलेको अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक कुमार रायले जानकारी दिनुभयो । डिएसपी रायका अनुसार अहिलेसम्म मृतकको पहिचान खुल्न सकेको छैन ।
प्रहरीका अनुसार शवको हुलिया श्यामलो वर्णको रहेको छ । दुबै कानमा मुंद्रा लागएको, छोटो कपाल, छोटो दाह्री पालेको, घाँटीमा हनुमानी लगाएको पुरुषको शव फेला परेको हो ।
उनलाई चिन्नेले ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page