कोशी प्रदेश समाचार समाज

जबरजस्ति करणी मुद्धाका फरार अभियुक्त पक्राउ

सुनसरी, बैशाख १९ गते । जबरजस्ति करणी मुद्धाका फरार अभियुक्त पक्राउ परेका छन । अभियुक्त बर्जु गाउँपालिका १ का २६ वर्षीय प्रेम बहादुर गुरुङलाई ईलाका प्रहरी कार्यालय दुहवीले पक्राउ गरेको छ ।
२०७९ असार महिनामा १० बर्षीया बालिकालाई जबरजस्ति करणीगरी घटनास्थलबाट नै फरार रहेका गुरुङलाई यही बैशाख १४ गते दाङको तुलसीपुरबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका गुरुङको सम्बन्धमा ईलाका प्रहरी कार्यालय दुहवीबाट थप अनुसन्धान भईरहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page