मधेस प्रदेश राजनीति

जसपा अध्यक्ष यादवद्वारा सहिद स्मारक तथा गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पण

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले मलेठ स्थित शहिद स्मारक तथा गजेन्द्र चौक स्थित गजेन्द्रनारायण सिंहको शालिकमा पुगी फूलमाला अर्पण गरेका छ्न ।
बारा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि सोमबार पहिलोपटक गृह जिल्ला सप्तरी आएका अध्यक्ष यादवले मलेठ घटनाका शहिदहरू तथा गजेन्द्रनारायण सिंहप्रति माल्यार्पण गरि सम्मान व्यक्त गरेका हुन ।

यादवले सप्तरी आउनसाथ राजविराज ९ स्थित मलेठ पुगेर तेस्रो मधेश आन्दोलनका सहिद सन्जन मेहता,आनन्द साह,पितम्वर मण्डल, विरेन्द्र महतो, ईनर यादवको स्मारकमा माल्यार्पण गरे । उनीसँगै शहिद स्मारकमा पुगेका पार्टीकी केन्द्रीय कार्यकारिणी समिति सदस्य रेणुकुमारी यादव, पार्टीका राजनीतिक समितीका सदस्य अमरनाथ मण्डल, केन्द्रीय सदस्य भिमराज यादव, अशोक कुमार यादव,मधेश प्रदेश समितिका मुख्य सचिव दिनेशकुमार यादव, सचिब युसुफ अलि,जिल्ला अध्यक्ष केदार प्रसाद यादव, सचिव हरेराम यादव, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव तारकेश्वर यादव र केन्द्रीय सदस्य श्यामकुमार यादव, मविव क्याम्पसका स्ववियु सभापति रन्जित कुमार यादव लगायत पार्टीका विभिन्न तहका नेता तथा जनबर्गिय संगठनका नेताकार्यकर्ताले शहिद स्मारकमा पुगी फूलमाला अर्पण गरेका छन् ।

त्यस लगत्तै फर्किएर राजविराजस्थित स्व. गजेन्द्रनारायण सिंहको स्मारकमा समेत अध्यक्ष यादवसहितका नेता कार्यकर्ताहरुले फूलमाला अर्पण गरेका छन् । वैशाख १० गते भएको उपनिर्वाचनमा जसपा अध्यक्ष यादवले २८ हजार ४ सय १५ मत प्राप्त गरी निर्वाचित भएका थिए । अध्यक्ष यादवले जिल्लाका नेताकार्यकर्ताहरुसंग भेटघाट गर्दै जिल्लामा संचालनमा रहेको विकास निर्माणको कार्यको अवस्था र जनताको आबश्यकता बारे चासो राखेका छ्न ।
उनले जनताको समस्या र आबश्यकतालाई बुझेर काम गर्न नेताकार्यकर्तालाई निर्देशन समेत दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page