मधेस प्रदेश समाचार समाज

सप्तरीमा १४ वर्षीया बालिका बलात्कार घटनाका फरार आरोपित हाजिर हुनासाथ थुनामा

राजविराज । सप्तरीमा १४ वर्षीया बालिकाको बलात्कार गरेको आरोपमा फरार रहेका आरोपित अदालतमा हाजिर हुनासाथ उनलाई कारागार चलान गरिएको छ ।
जिल्लाको रुपनी गाउँपालिका–५ बसविट्टीका २० वर्षीय भगवती यादव मंगलबार हाजिर हुनासाथ कारागारमा थुनामा पुगेका हुन।
जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको इजलासले आरोपित यादवलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा राख्न आदेश दिएको हो ।
आरोपितले ०७६ वैशाख २१ गते बलात्कार गरेको भन्दै पीडितकी फुपुले जिल्ला प्रहरी कार्यालयमा २२ गते उजुरी दिएकी थिइन् । भारत घर भएकी पीडित बालिका फुपुको घरमा बस्दै आएकी थिइन् ।
बलात्कारको घटना थाहा पाएपछि बालिकाकी फुपाजुका बुबाले आरोपितलाई नियन्त्रणमा लिई राती बाँधेर राखेका थिए । वैशाख २२ गते बसेको गाउँलेहरूको भेलाले आरोपितलाई मुक्त गराएपछि उनी फरार भएका थिए ।
पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७६ वैशाख २२ गते स्वास्थ्य परीक्षण भएको थियो । जिल्ला प्रहरी कार्यालयले २३ गते उजुरी दर्ता गरेको थियो ।

   

You cannot copy content of this page