मधेस प्रदेश समाज

कञ्चनरुप -१० बदगामामा दुई मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २ जना घाईते

कञ्चनरुप, २१ वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिका १० बदगामामा दुई मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २ जना घाईते भएका छन् ।
पुर्व–पश्चिम लोकमार्ग अन्तर्गत बिहिवार पश्चिमबाट पुर्वतर्फ जादै गरेकोको प्र १–०२–०५० प ६३६३ नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ जादै गरेको को ८प ९६३९ नम्बरको मोटरसाइकललाई ओभर टेक गर्ने क्रममा ठक्कर दिंदा दुबै मोटरसाइकलका चालक घाईते भएका छन् ।
कञ्चनरुप नगरपालिका ६ का ३५ वर्षिय एगेश राज शर्मा र वडा नम्बर १० बदगामा का ३५ वर्षिय भरत प्रसाद गुप्ता घाईते भएका हुन । दुवै जनाको खुटा, हात र शरीरको बिभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते दुबैजनालाई उपचारको लागि धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page