मधेस प्रदेश समाचार समाज

फत्तेपुर स्थित एक होटलमा झुण्डिएको अवस्थामा एक युवकको शव फेला

कञ्चनरुप, २४ वैशाख । सप्तरीको सप्तकोशी नगरपालिका– १ फत्तेपुर स्थित एक होटलमा झुण्डिएको अवस्थामा एक युवक फेला परेका छन । राजविराज– ६ का विरेन्द्र साहको २६ वर्षीय छोरा विवेक साह झुन्डिएको अवस्थामा मृत फेला परेका हुन ।
युवक फतेपुर स्थित रहेको इन्द्रेणी होटल एण्ड लजको कोठा नम्बर १०४ मा शनिबार साँझदेखि बसेको प्रहरीले जनाएको छ । होटल सञ्चालकले विहान कोठाहरू चेकजाँच गर्ने क्रममा उक्त नम्बरको कोठा खोल्दा नखोलेकोले झ्याल बाट हेर्दा सिलिङ पंखाामा सलको पासो लगाई झुण्डिएर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको तथा घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page