राजविराज, वैशाख २४ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र कायापलटले सप्तरीको शम्भनाथ नगरपालिका ६ र ७ मा फोहोर र प्रदूषण अन्त्य गर्न तथा वातावरण संरक्षण गर्न माग गर्दै वृहत प्रदर्शन गरेको छ ।
अधिकारकर्मी, युवा, विद्याथीहरूको सहभागितामा कठौनास्थित राजमार्ग, बुद्ध चोक, तिनकुने चौकमा प्लेकार्डसहित जुलुस प्रदर्शन गर्दै युवाहरूले “प्लाष्टिकम्यान क्याम्प्यिन”को आयोजना गरेको हो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/05/IMG_20230505_180218-1024x461.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/05/IMG_20230505_180218-1024x461.png)
जुलुसमा सहभागीहरूले पृथ्वीको संरक्षण गरौं, भविष्य जोगाऔ,ं प्लाष्टिक प्रयोग नगरौ, जथाभावी फोहोर नफालौ, हरित गृह ग्यास उत्सर्जन बन्द गरौ, वायु प्रदूषण अन्त्य गरौ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
पछिल्लो समय वातावरण प्रदूषणले आक्रान्त बनेको नेपाल विश्वमै पहिलो प्रदूषित शहर बनेको छ । सहभागीहरूले सडकमा हिडिरहेका नागरिकहरूसँग वातावरण संरक्षणको आवश्यक्ता र नागरिकको जवाफदेहिताबारे छलफल समेत गरेका थिए ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/05/IMG-20230506-WA0039-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/05/IMG-20230506-WA0039-1024x768.jpg)
कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवान, इन्सेक सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेल, कार्यक्रम संयोजक वरुण वस्याल, शिक्षकहरू, कायापलटका अभियन्ताहरू, मधेश प्रदेशस्तरीय र शम्भुनाथ नगरस्तरीय मानव अधिकार समूहका पदाधिकारीहरू, बाल अधिकार सचेतना समूह सदस्यहरूको सहभागिता रहेको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/05/IMG-20230506-WA0044-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/05/IMG-20230506-WA0044-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment