मधेस प्रदेश समाचार समाज

सप्तरीमा विष सेवन गरेकी १३ वर्षिय बालिकाको उपचारको क्रममा मृत्यु

राजविराज, २७ वैशाख । सप्तरीमा विष सेवन गरेकी १३ वर्षिय बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महादेवा गाउँपालिका ३ बलिया बथनाहाका पवन कुमार यादवकी १३ वर्षीय छोरी प्रिति कुमारी यादव रहेकी छन् ।
बालिकाको धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार मुसा मार्ने विषादी सेवन गरी सिकिस्त विरामी परेकी थिइन् । तिरहुत गाउँपालिका ४ डिमन बस्ने जोगिन्द्र यादवको घर (मामा घर ) आएको समयमा बालिकाले विषसेवन गरि विरामी परेपछि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको लागि भर्ना गरिएको थियो । अवस्था गम्भीर हुँदै गएपछि थप उपचारका लागि धरान लगिएपनी उपचारकै क्रममा उनको अस्पतालमामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page