मधेस प्रदेश समाचार समाज

सप्तरीमा घरको धरिनमा झुन्डिएको अवस्थामा आरतीको शव फेला

कञ्चनरुप, २९ बैशाख । सप्तरीमा झुन्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको अग्निसाईर कृष्णसवन गाउँपालिका वडा नम्बर ४ प्रशवनीमा शुक्रबार स्थानीय सानन्न चौधरीकी ३० वर्षीया श्रीमती आरती चौधरी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
आरतीको शव आफ्नै घरको धरिनमा नाईलनको डोरिको पासो घाँटीमा लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ ।
मृतक महिलाको शव राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा परिक्षण पछि गाउँमा ल्याएर अन्त्यष्टी गरिएको छ ।
मृतक महिलाको पति वैदेशिक रोजगारीका मलेसियामा रहेको छ्न । मृतक महिलाको एक छोरा एक छोरी गरि २ सन्तान रहेको स्थानीयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page