मधेस प्रदेश समाचार समाज

सप्तरीमा २० वर्षीय मो. तफेजुलकोको हत्या गरी फ्याकिएको अवस्थामा शव फेला

कञ्चनरुप, ३१ वैशाख । सप्तरीमा आज बिहान हत्या गरी फ्याकिएको अवस्थामा एक युवकको शव फेला परेको छ । जिल्लाको रुपनी गाउँपालिका वडा नम्बर १ रुपनी राजविराज खण्डको रुपनीमा एक युवकको शव फेला परेको हो ।
शम्भुनाथ नगरपालिका २ बस्ने मो. लुकमानको २० वर्षीय छोरा मो. तफेजुलको आइतवार विहान अर्ध नग्न अवस्थामा रुपनी बजार क्षेत्रदेखि २५ मिटर पर खेतमा मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जना एको छ । प्रहरीका अनुसार शनिवार बेलुका घरबाट निस्केका तफेजुल आइतवार विहान अर्ध नग्न अवस्थामा मृत फेला परेका हुन ।
घटनाबारे तालिम प्राप्त कुकुरको सहायताले सुक्ष्म अनुसन्धान सुरु गरिसकेको तथा अनुसन्धानपछि मात्रै कुनै कुरा यकिन गर्न सकिने सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page