कोशी प्रदेश

वन पैदावर हानी नोक्सानी मुद्दाका फरार प्रतिबादी पक्राउ

बिराटनगर, ३१ वैशाख । प्रहरीले वन पैदावर हानी नोक्सानी मुद्दाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर रित समुहबाट खटिएको प्रहरी टोलीले फरार प्रतिबादी धरान उप–महानगरपालिका ५ का ५८ वर्षीय टंक बहादुर राईलाई गाउँघरमा नै लुकिछिपि बसेको अस्थामा फेला पारी पक्राउ गरेको हो ।
वन पैदवार हानी नोक्सानी मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८्र०५्र१६ गतेको आदेशले २ महिना १० दिन कैद फैसला गरेको थियो । राई बेरुजु रहि फरार रहेका थिए ।
पक्राउ परेका राईलाई सम्मानित सुनसरी जिल्ला अदालत दाखिला गराएकोमा तोकिएको कैद भुक्तानको लागि झुम्का कारागार सुनसरी पठाईएको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page