कोशी प्रदेश समाचार समाज

धरानबाट २ थान पेस्तोलसहित ३ जना पक्राउ

सुनसरी । सुनसरीको धरानस्थित छुट्टाछुट्टै स्थानबाट २ थान पेस्तोलसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १७ डाँडा घोपाका २९ वर्षीय हुकमेन जिमी, उनका भाइ २४ वर्षीय दिपक जिमी र धरान १५ का २४ वर्षीय रोहित राई रहेका छन् ।
विशेष सूचनाको आधारमा आइतबार राती कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको संयुक्त टोलीले उनीहरुलाई हतियार खरिद गरेको आरोपमा पक्राउ गरेको हो ।
हुकमेन र दिपकलाई उनको घरकोठाबाट नियन्त्रणमा लिई सोधपुछको क्रममा हुकमेनले २ थान पेस्तोल खरिद गरी ल्याएकोमा १ थान दिपकलाई राख्न दिएको र १ थान रोहित राईलाई दिएको भनि बताए अनुसार घर पश्चिम रहेको सर्दुखोला नजिकको झाडीमा झोलामा लुकाई छिपाई राखेको नचल्ने अवस्थामा रहेको १ थान पेस्तोल प्रहरीले बरामद गरेको छ । सोही राती रोहीत राईको घरकोठा खानतलासी गर्दा पलङको डस्ना मुनी लुकाई छिपाई राखेको अवस्थामा म्याग्जिन सहितको मेडइन इटाली लेखेको १ थान पेस्तोल सहित राईलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनैजनाको विषयमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसान्धान भईरहेको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page