मधेस प्रदेश समाचार

सामुदायिक सेवा केन्द्र सप्तरीको अध्यक्षमा धिरेन्द्रकुमार, निर्विरोध १५ सदस्यीय नयाँ कार्यसमिति गठन

राजविराज, ४ जेठ । सामुदायिक सेवा केन्द्र सप्तरीको पाँचौ अधिवेशनले धिरेन्द्रकुमार दासको अध्यक्षतामा आज १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
आवश्यक सङ्ख्या भन्दा बढी मनोनयन दर्ता गरेका उम्मेदवारहरुले निर्वाचन कार्यक्रम अनुसार आज उम्मेदवारी फिर्ता लिएपछि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक मनोहर पोखरेलले जानकारी दिए ।
शाखाको उपाध्यक्षमा वविता कुमारी देब, सचिवमा संजय कुमार शर्मा, सहसचिवमा संजयकुमार साह र कोषाध्यक्षमा भोलानाथ चौधरी निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा एनेश्वर दास, जुगलकिसोर मुखिया, दिलिप कुमार दास, देबानन्द चौधरी, नारायण साहु रौनियार, नेत्र कुमार दास, पंकज कुमार सरकार, मुकेश कुमार यादव, सेराज अन्सारी र ज्ञानु देबी भट्टराई निर्विरोध निर्वाचित भएको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।

सदस्यमा बुधबार उम्मेदवारी दिएका मालती देवी चौधरी, बिनोद कुमार यादव र शिवकुमार यादवले आज उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध कार्यसमिति गठन भएको हो ।
राजविराजमा गत वैशाख २३ गते मधेस प्रदेशका शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री महेशकुमार यादवले पाँचौ साधारण सभा तथा अधिवेशनको उद्घाटन गरेका थिए । जिल्ला समन्वय समिति सप्तरीमा सम्पन्न साधारण सभाले आर्थिक, सांगठनिक प्रतिवेदन पारित गरेपनि नयाँ कार्यसमितिमा सर्वसम्मत हुन नसकेपछि जेठ १ गतेदेखि निर्वाचन कार्यक्रम सुरु गरिएको थियो ।
समुदायमा मेलमिलापको माध्यमबाट शान्ति स्थापना गर्न भूमिका निर्वाह गर्दै आएको सामुदायिक सेवा केन्द्रले जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । सामुदायिक सेवा केन्द्र सप्तरीमा २ सय ४८ जना आजिवन सदस्य रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page