राजनीति

टीकापुर हत्याकाण्डको आरोपमा जेल परेका रेशम चौधरी जेलमुक्त भए

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन्।
टीकापुर हत्याकाण्डको आरोपमा जेल परेका चौधरी सोमबार बिहान डिल्लीबजार जेलबाट रिहा भएका हुन्।
गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले आममाफी पाएका हुन्। टीकापुर हत्याकाण्डमा तीनै अदालतबाट दोषी ठहर भई चौधरीले जेल जीवन बिताइरहेका थिए।
गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशमसहित १९ जनालाई आममाफी र ४८२ को कैद मिनाह गरेका हुन्।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page