समाचार

मक्का मदिनामा हज गर्न जाने यात्रीलाई सम्मान तथा बिदाइ

कञ्चनरुप । सप्तरीको कञ्चनरुपबाट साउदी अरबको मक्का मदिनामा हज गर्न जाने यात्रीलाई बिदाइ गरिएको छ ।
हजयात्रीलाई कञ्चनरुप नगरपालिका वडा नम्बर १२ रुपनगर स्थित वडा कार्यालयमा बिहीबार प्रदेश सभा सदस्य राजकुमार लेखीले उनीहरुलाई बिदाइ गर्नुभएको हो ।
त्यस्तै १२ नम्बरका वडा वडा अध्यक्ष देवी बहादुर खत्री, सप्तकोशी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष जाहिर हुसेन, कञ्चनरुप १२ का वडा सदस्य जैनुदिन मियाँ, मुस्लिम अगुवा, जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुले फूलमाला र खादा लगाएर बिदाइ गरेका हुन् ।

यस वर्ष नेपालबाट १ हजार ४ सय ४४ जना हजयात्री मक्का मदिना जान लागेका छन् । जसमा सप्तरीबाट ७४ जना रहेका छन् ।
कपिलवस्तुबाट १९१, कैलाली २, सुर्खेत १, बर्दिया ५, दाङ ३, अर्घाखाँची ८, नवलपरासी ९, पाल्पा १, स्याङ्जा ६, कास्की ५, गोरखा २३, चितवन २, तनहुँ ३, रुपन्देही ३ र नुवाकोट ४ गरी २ सय ६६ जना हजहात्री पहिलो चरणमा साउदी अरबको मक्का मदिना प्रस्थान गर्ने कार्यतालिका रहेको सचिवालयले जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

जेठ १९ गते शुक्रवार बाँकेबाट १३६ र रुपन्देही १०४ गरी २४० जना, जेठ २० गते शनिवार रौतहटबाट ९५ र बारा २७ गरी १२२ जना र जेठ २२ गते सोमवार काठमाडौँबाट ३४, पर्सा २६, सर्लाही ३९ र धनुषा ३३ गरि १३२ जना हजयात्रीहरु प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।
त्यसैगरी जेठ २३ गते मङ्गलवार झापाबाट १०, मोरङ २२, सुनसरी १८४ र सप्तरी ७२ गरि २८८ जना र जेठ २४ गते बुधवार महोत्तरीबाट ४१, सिराहा २७, सप्तरी २ र बाँके २ गरी ७२ जना हजयात्रीहरु साउदी अरबको मक्का मदिना जाने सचिवालयले जनाएको छ ।
मुस्लिम धर्मावलम्बीहरु जीवनमा कम्तीमा एक पटक हज गरे पूण्यप्राप्त हुने विश्वासका कारण मक्का मदिना जाने गर्छन् । मक्का मदिनाबाट करिब डेढ महिनापछि उनीहरू स्वदेश फर्किनुहुनेछ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page