उत्सव आचार्य /
कञ्चनरुप, २० जेष्ठ । सप्तरीको कञ्चनरुप नगरपालिकामा आजबाट निशुल्क एक महिने सिलाइ कटाई तालिम सुरु भएको छ ।
राष्ट्रिय स्वावलम्ब विकास समाज कञ्चनरुप–७ बलुवा सप्तरीको आयोजना तथा पूर्वाधार विकास कार्यालय सिरहाको सहयोगमा “सिप सिकौ आत्मनिर्भर बनौ” भन्ने मुल नाराका साथ महिलाहरुको लागि निशुल्क एक महिने सिलाई कटाइ तालिम शनिबारबाट सुरु भएको हो ।
मधेश प्रदेशका सांसद राजकुमार लेखीको संसदिय विकास कोष मार्फत ९ लाख ५० हजार रकम विनियोजन गरी सिलाई कटाई तालिम सञ्चालन गरिएको जनाएको छ ।
तालिमको उदघाटन गर्दै सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य एवं मधेश प्रदेशका पूर्व कानुन न्याय मन्त्री राजकुमार लेखीले सिलाइ कटाइ तालिम जीवन उपयोगी हुने भएकोले एक महिना सम्म लगनशीलताका साथ सिक्न सहभागिहरुलाई आग्रह गर्नुभयो । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै मेहनतका साथ सिप सिके जीवनमा परिवर्तन हुने प्रदेश सभा सदस्य लेखीको भनाई छ ।
श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने लेखीले बनाउनु भयो । सिकेका सीपलाई व्यवहारमा कार्यान्वयन गरि सफल उद्यमी बन्न सकिने समेत उहाँले बताउनुभयो ।
सोही कार्यक्रममा कञ्चनरुप नगरपालिकाकी कार्यपालिका सदस्य सीता पौडेलले सहभागिहरु स्वंयम केही गर्न सक्षम हुन सक्ने भन्दै तालिम सम्पन्न पश्चात् तालिमलाई सिमित नराखी यसलाई व्यवसायतर्फ लैजान आग्रह गर्नुभयो ।
कार्यक्रममा कञ्चनरुप–६ का वडा अध्यक्ष बच्चुलाल चौधरी, वडा नम्बर ७ का वडा अध्यक्ष समानन्द चौधरी, संगिता विष्ट, सावित्रि चौधरी लगायतले सिकेका कुराहरुलाई ब्यबहारमा उतार्न सके मात्र तालिमको औचित्य रहने कुरामा जोड दिनुभएको थियो । त्यसैगरी तालिमले आत्मनिर्भर बन्न सहयोग पुग्ने भन्दै ध्यान दिएर तालिम सिक्न आग्रह समेत गर्नुभएको थियो ।
स्वावलम्ब विकास समाजकी सचिव ममता चौधरीको स्वागतबाट सुरु भएको कार्यक्रममा समितीका अध्यक्ष माधव चौधरीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन सविता न्यौपानेले गर्नुभएको थियो ।
अग्नीसाइर कृष्णासवरण गाउँपालिका, कञ्चनरुप नगरपालिका र सप्तकोशी नगरपालिका गरी तीन वटा पालिकाबाट १०÷१० गरी ३० जना महिलाको सहभागिता रहेको तालिमको सहजिकरण श्रवण चौधरी र धनवती चौधरीले गर्नुहुने छ । तालिम सम्पन्न पश्चात् मेसिन सहभागिहरुलाई प्रदान गरिने आयोजकले जनाएको छ ।
Add Comment