समाचार

राष्ट्रिय युवा संघको कार्य विभाजन, प्रवक्तामा पौडेल, ४ लाख युवालाई सदस्यता वितरण गरिने

काठमाडौं। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नेताहरुको कार्य विभाजन गरेको छ। प्रवक्तको जिम्मेवारी निरोज पौडेलले पाएका छन्।
यसैगरी विदेश विभागको जिम्मेवारी विनय शाहलाई दिइएको छ भने कोषाध्यक्षको जिम्मवारी राकेश राईलाई दिइएको छ।
अमित पौडेललाई युथफोर्स, अजित लामालाई साइबर सर्कल, सम्पन्न श्रेष्ठलाई खेलकुल र कृष्णदत्ता जैशीलाई कार्यालय विभागको जिम्मेवारी दिएको युवा संघले जनाएको छ।

युवा संघले संगठनमा विशेष सर्कुलर जारी गरेको छ। संगठनका महासचिव सुमन पुरीले एक सर्कुलर जारी गरेको हो। पार्टी र संगठनको नेतृत्व र निर्णयमाथि हुने साइबर आक्रमणलाई व्यापक प्रतिरोध गरिनुका साथै सदस्यता शुल्क, लेबी तथा अन्य आर्थिक कारोबार डिजिटल रेकर्ड राखिनेछ । क्युआर कोडको प्रयोगगरी विद्युतीय आर्थिक कारोबार गरिने उल्लेख छ।

४ लाख युवाहरूलाई सदस्यता वितरण गरिने लक्ष्यका साथ डिजिटल प्रविधिको उपयोग गरी अभिलेखीकरण गरिनेछ । सदस्यता कार्ड आकर्षक बनाइनेमा जोड दिएको छ।

https://drive.google.com/file/d/1Bfo2nyvxhEZHbbrrxJY0WThEegd2GzqB/view

   

You cannot copy content of this page