मधेस प्रदेश समाचार समाज

सुस्त मनस्थितीकी बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा बंकर खंग पक्राउ

राजविराज । सप्तरीमा सुस्त मनस्थितीकी १७ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा एक पुरुष पक्राउ परेका छन । तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खंग बिहीबार पुरुष पक्राउ परेका हुन।
पीडितका बुबाले चैत २ गते दिएको उजुरी इलाका प्रहरी कार्यालय कञ्चनरूपले चैत ९ गते दर्ता गरेर आरोपितको खोजी गरिरहेको थियो । अदालतबाट चैत १२ गते नै पक्राउ पुर्जी जारी भई खोजिमा रहेका आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरूपका डिएसपी दिपककुमार रायले बताए ।
पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा चैत १२ गते भयो । अस्पतालका अनुसार पीडित ४ महिनाको गर्भवती रहेकी छिन् ।
आरोपितकी साली मुर्तिदेबी खंगको तिरहुत गाउँपालिका–२ स्थित घर कोठामा थुनेर ०७९ कात्तिक ७ गतेदेखि पटक–पटक बलात्कार गरेका कारण गर्भवती भएको पीडितले बताइन् ।
मुर्तिदेबीका पति लक्ष्मण खंग वैदेशिक रोजगारमा छन् । पीडितका अनुसार बलात्कार गरिएको दृष्यको फोटो, भिडिओ झ्यालबाट खिचेको त्रास देखाई मुर्तिदेबीले कसैलाई भनेमा जीवनबर्बाद पार्ने धम्की दिएकी थिइन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page