काठमाडौँ । अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताए । अर्थमन्त्री महतले मङ्गलवार प्रतिनिधि सभाको दोस्रो बैठकमा जिल्ला निर्वाचन कार्यालय निर्वाचन आयोगले जसरी राख्न चाहन्छ त्यसरी नै रहने बताए ।
सरकारले निर्वाचन आयोगको स्वतन्त्रता प्रति कुनै किसिमको सम्झौता नगर्ने उनले बताए ।
यसअघि आजको बैठकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले जिल्ला निर्वाचन कार्यालय खारेज गरी सीडीओ कार्यालय मातहत ल्याउने प्रस्तावको विरोध गरेका थिए । उनीहरूको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।
Add Comment