सप्तरी । सप्तरीमा चट्याङ लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खडक नगरपालिका १० बेल्हाका ४७ वर्षीय उमाकान्त साह रहेका छन ।
सोमबार बिहान खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागी घाईते भएको साहलाई तत्काल उपचारको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा लगिएको थियो । अस्पतालको चिकित्सकले इसिजी चेक जाँच गर्दा मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
साहको शव परिक्षण पश्चात् परिवारलाई जिम्मा लगाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Add Comment