समाचार

इन्सेकद्वारा डाक्नेश्वरीमा जनचेतनामुलक सडक नाटक

राजविराज । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेबार निकायलाई जवाफदेही बनाउने उदेश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनमा डाक्नेश्वरी नगरपालिका–५ पातो बजारमा जनचेतनामुलक सडक नाटक प्रदर्शन भएको छ ।
इन्सेकद्वारा गठित बाल अधिकार सचेतना समूहका विद्यार्थीहरूले जिवन्त अभिनय गर्दै जनचेतनामुलक सडक नाटक प्रदर्शन गरेका हुन् ।
बाल विवाह, दाइजो प्रथा, महिलामाथि हुने हिंसाजस्ता गतिविधिले समाजमा अपराध जन्माउने स्थानीयवासीको तर्क छ । सानै उमेरमा गरिने विवाहले समाजलाई नै अहित गर्ने भएकोले सडक नाटकले बाल विवाह न्यूनिकरणमा सहयोग पुग्ने स्थानीयवासीले बताए ।
स्थानीय लाल मोहम्मद राइनले समाजको प्रतिनिधित्व गर्ने काल्पनिक घटनाको नाटकीय प्रदर्शनले बाल विवाहबाट समाजमा पर्ने नकारात्मक असरका बारेमा सन्देश दिएको बताउनु भयो ।

पातोका गोबिन्दा साहले नाटकको कथावस्तुले तराई–मधेसको समाजको चित्रण गरेको बताउनु भयो ।
इन्सेक प्रदेश संयोजक राजु पासवानले प्रत्यक्ष लक्षित वर्गकै अगाडि वसेर नाटक मञ्चन गर्दा सन्देश प्रभावकारी हुने बताउनु भयो । पासवानले बाल विवाह, दाइजो प्रथा, छुवाछुत, लैंगिक हिंसा लगायतका महिला तथा बालबालिका माथि हुने अपराध विरुद्ध सचेतना फैलाउन सडक नाटक उपयोगी रहेको बताउनु भयो ।

सन्देशमूलक नाटक मैथिली भाषामा नै भएका कारण सहभागीले निक्कै चाख मानेर हेरे । बाल अधिकार सचेतना समूहले अभिनय गरेको सडक नाटक हेर्न पातो बजार पुगेका नजिकको बनौला, ब्रह्मपुर, अमरलत्तीका सयौंको संख्यामा महिला पुरुषहरुको उपस्थिति रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page