कञ्चनरुप, २८ असार । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सुरुङगा नगरपालिका ५ कुशहाका ६५ वर्षीय हवाई चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।
घरमा विद्युतको तार जोडने क्रममा अचानक करेन्ट लागि चौधरी घाईते भएका थिए । घाइते चौधरीलाई उपचारको लागि सप्तऋषि अस्पताल लाहान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाको छ ।
Add Comment