झापा ,३० असार । झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ टुनु बस्तीमा चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट सर्ट भई एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीया सिला बुढाथोकी रहेकी छन् ।
शुक्रबार खेतमा काम गरी घरमा आएर चार्जमा रहेको मोबाईलमा फोन आएको कारण फोन उठाउने क्रममा अचानक फोनबाट करेन्ट लागि बुढाथोकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Add Comment