सप्तरी । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर १० रुपैयाँ, पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।
ग्यासको मूल्य अब प्रतिसिलिन्डर १७ सय ९० रुपैयाँ पर्नेछ । त्यस्तै पेट्रोलको मूल्य ठाउँ अनुसार फरक–फरक दर कायम भएको छ । पेट्रोल छ रुपियाँले घटेर क बर्गमा १६१.५०, ख वर्गमा १६३ र ग वर्गमा १६४ रुपैयाँ कायम भएको छ ।
डिजेलको नयाँ मूल्यअनुसार क वर्गमा १४३.५, ख वर्गमा १४५ र ग वर्गमा १४६ रुपियाँ पुगेको छ । घटेको नयाँ मूल्य आइतवार राति १२ बजेपछि लागू हुनेछ ।
निगमले आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ ।
Add Comment