खगेन्द्र कार्की /
फत्तेपुर, २ साउन । सप्तरीको सप्तकोसी नगरपालिकामा बाढी जन्य बिपद सम्बन्धि कृतिम घटना अभ्यास कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
सप्तकोसी नगरपालिकाको आयोजनामा वडा नम्बर ६ बोचहीको एक पोखरीमा बिपद सम्बन्धि कृतिम घटना अभ्यास गर्दै बाढी आउने बेलादेखि घटना हुनजेल सम्मका लागि कसरी बच्ने र बचाउने भन्ने बारेमा पूर्व अभ्यासहरु गरिएको छ । वडा नम्बर ६ मा त्रियुगा नदिले पटक पटक डुवान हुँदै आएको हुनाले सोही क्षेत्रमा कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ ।
बिपद सम्बन्धि कृतिम घटना अभ्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि मधेश प्रदेशका पूर्व कानुन मन्त्री एवं प्रदेश सभा सदस्य राजकुमार लेखिले वर्षायाममा हुने बिपदले राष्ट्रभरिनै व्यापक धनजनको क्षती हुने गरेकाले यसमा सरकारको ध्यान जानू जरुरी रहेको बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लेखीले मधेस प्रदेस सरकार भ्रस्टाचारमा लिप्त रहेको र भागबन्डामा काम चलाइरहेको समेत आरोप लगाउनु भयो । लेखिले भन्नु भयो सप्तरीको क्षेत्र नम्बर १ को (क) क्षेत्रका सबै खोला नालाको अध्ययन गरि यसबाट वर्षा याममा हुने धनजनको क्षतिको नियन्त्रणमा विशेष ध्यान दिने छु ।
सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालले बिपदले कसैलाई पनि नछोडने भएकाले नदी को तटिय क्षेत्रमा रहने स्थानियलाई चनाखो भएर रहन आग्रह गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी ६ नम्बर गण राजबिराजका प्रहरी निरिक्षक महेश कुमार कार्की, पिपुल इन निडका आपतकालिन संयोजक सविन अधिकारी ,कोशी पिडित समाजका सुकदेव चौधरीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा सशस्त्र प्रहरीले बाढीबाट उत्पन्न समस्यालाई निराकरण गर्न सकिने कुरालाई बिभिन्न अभ्यास मार्फत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सप्तकोसी नगरपालिकाकी उप प्रमुख रिताकुमारि चौधरी, राष्ट्रिय बिपद जोखिम न्युनिकरण तथा ब्यबस्थापन प्रबिधिकरण शाखा गृहमन्त्रालयका उप सचिव राजेन्द्र शर्मा, सशस्त्र प्रहरी फत्तेपुरका प्रहरी निरीक्षक किशोर डागी ,पिपुल इन निडका कार्यक्रम सन्योजक दिपेन्द्र ठाकुर, दिगो समाधान परियोजना का कार्यक्रम संयोजक सन्तोष केसी ,नगरका एक देखि एघार वडा सम्मका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य र शाखा प्रमुख र स्थानिय बासिहरुको उपस्थिती रहेको थियो ।
सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Add Comment