कञ्चनरुप, २ साउन । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिकामा सर्पले टोक्दा एक महिलाको मृत्यु भएको छ।
सर्पको टोकाइबाट अग्नीसाईर कृष्णासवरण २ भुर्कीका नाथु चौधरीको ४० वर्षीय श्रीमती ललितादेवी चौधरीको मृत्यु भएको हो ।
आफ्नै घरमा सोमबार राती ९ बजे घरको धान राख्ने कोठामाथि कन्तिमा राखेको सुपारी झिक्ने क्रममा सर्पले टोकेर सख्त घाईते भएकी ललितादेवीको उपचारको क्रममा मृत्यु भएको उनका श्रीमान् नाथु चौधरीले बताउनु भयो ।
सर्पले टोकेको थाह हुनसाथ सर्पदंश उपचार केन्द्र कल्याणपुर उपचारको लागि भर्ना गरिएको थियो । त्याहाँ उपचार नभएपछि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएकोमा त्यहाँ चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
मृतकको शव घरमा ल्याई अन्त्यष्टीको तयारी भएको परिवारले जनाएको छ ।
Add Comment