समाचार

राजविराजमा अख्तियारको टोली पुगेपछि घुस रकम र चेक फालेर भागे कर्मचारीहरु

राजविराज । सप्तरीको राजविराज स्थित सामाजिक विकास इकाई कार्यालयमा बिहीबार अख्तियारको टोली पुगेपछि कर्मचारीहरु भागाभाग भएका छन् । उजुरी आएपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उक्त कार्यालयमा छापा मारेको हो ।
अख्तियार टोली आएको सूचना पाएर कर्मचारी भागाभाग भएका थिए । कतिपय कर्मचारी त भुक्तानी लिएका ब्यक्तीबाट प्राप्त गरेको कमिशन रकम समेत फालेर भागेका थिए ।
अख्तियार टोलीले कार्यालयको पूर्व पट्टीको गल्लीमा कर्मचारीद्वारा फालिएको १५ हजार नगद तथा ५५ हजार रुपैयाको चेक समेत बरामद गरेको छ । सो रकम उक्त कार्यालयका कर्मचारी सब-इन्जिनीयर अजय कुमार साफीले फ्यालेर भागेको श्रोतले जनाएको छ । उनले उपभोक्ताबाट बुझेको रकम र चेक फोहोर फाल्ने ठाउँमा फ्याकेर भागेको अख्तियारका एक अधिकारीले जानकारी दिए ।
सिरहाको नवराजपुर गाउँपालिका १ स्थित जनता आधारभुत विद्यालयको चार कोठे भवन निर्माण काम सम्पन्न भएपनि अन्तिम भुक्तानी दिन चेक रोकेर कमिशन मागेपछी उभोक्ता समितीका पदाधीकारले अख्तियारमा उजुरी दिएको बताइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page