कञ्चनरुप, ४ साउन । सप्तरीको कञ्चनरुपमा बिँडी नदिएको निहुँमा एक युवकले ६५ वर्षीय पुरुषको हत्या गरेका छन । पक्राउ पर्नेमा कञ्चनरूप नगरपालिका-१० बदगमाका २८ वर्षीय मनोज पासवान रहेको ईलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।
गत असार ३१ गते बिहान कञ्चनरुप ८ बेरियर चौकमा रहेको पूर्व बस स्टेसनको प्रतिक्षालयमा परिचय नखुलेको मागी खाने ६५ वर्षीय पुरुष मृत फेला परेका थिए ।
प्रहरीका अनुसार मागी खाने व्यक्ति प्रतिक्षालयमा सुती बिँडी खाइरहेको र आफूलाई पनि खान मन लागेपछि मनोजले एउटा बिडी मागेका थिए । तर ती व्यक्तिले बिडी नदिई तथानाम गाली गलौज गर्न लागेपछि आवेगमा छेउमा रहेको बाँसको लाठीले उनको टाउकोमा चार पाँच लाठी प्रहार गरि भागेको मनोजले बयान दिएका छन ।
ईलाका प्रहरी कार्यालय कञ्चनरुपले अनुसन्धान गर्दै जाँदा ६५ वर्षीय पुरुषको हत्यामा पासवानको संलग्नता रहेको खुलेपछि प्रहरीले उनलाई बुधबार पक्राउ गरेको थियो ।
Add Comment