समाचार

डाक्नेश्वरी नगरपालिकाकी उप प्रमुख मिरा कुमारी यादव धरौटीमा रिहा

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उप प्रमुख मिरा कुमारी यादव धरौटीमा रिहा भएकी छिन् ।
सोमबार न्यायाधीश हरिश्चन्द्र इंगनामको इजलासले रु १ लाख रुपैयाँ धरौटी राख्दै तारेखमा रिहा गर्न आदेश दिएको सप्तरी जिल्ला अदालतले जनाएको छ ।

अदालतबाट छुट्दै गर्दा यादवले नेपाली नागरिक भएको नाताले नेपालको कानूनप्रति आफूले गरेको विश्वास अनुसार नै अदालतले पनि विश्वास गरेर तारेखमा छाडेको बताइन्। गत असार २० गते उपप्रमुख यादव स्वयम् निवेदनका साथ जिल्ला प्रहरी कार्यालय हाजिर भएकी थिइन्।

आफू नेपाली नागरिक रहेको दाबी गर्दै उपप्रमुख यादवले अनुसन्धान सहजताका लागि स्वयं हाजिर भएको बताइन्। निर्वाचनमा पराजित हुनेहरूले नक्कली कागजात पेश गरी झुठा मुद्दा दायर गरेको दावी गर्दै उपप्रमुख यादवले अदालतबाट सत्य स्थापित हुने विश्वास व्यक्त गरिन् ।
दोहोरो नागरिकता मुद्दामा पक्राउ पुर्जी जारी भएपछि उप प्रमुख यादव आफै प्रहरी कार्यालयमा हाजिर भएकी थिईन ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page