कञ्चनरुप, ९ साउन । सप्तरीको कञ्चनरुप नगरपालिकामा मामा घरमा बस्दै आएकी एक १५ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
कञ्चनरुप नगरपालिका-११ स्थित रहेको श्रृजनशील लघुवित्तीय संस्था लिमिटेडको कार्यालयभित्र संस्थामा कार्यरत एक युवकले आईतबार ती बालिकालाई बलात्कार गरेको सप्तरी प्रहरीले जनाएको छ ।
बलात्कारमा संलग्न संस्थामा कार्यरत सिरहाको नरहा गाउँपालिका २ चोहर्वाका २६ वर्षीय ईश्वर कुमार सदालाई प्रहरीले पक्राउ गरेको छ ।
सदालाई जवरजस्ती करणी मुद्धामा ७ दिनको म्याद थप गरि कारवाही अघि बढाइएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।
यसअघि कञ्चनरुप -१२ मा १७ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको थियो ।
Add Comment