समाचार

१ क्विन्टल सुन प्रकरण : फेरिए भन्सार प्रमुख, टोकराज पाण्डे नियुक्त

काठमाडौँ । १०० किलो सुन प्रकरण पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख फेरिएका छन् ।
विमानस्थलको भन्सार प्रमुखमा टोकराज पाण्डे नियुक्त भएका छन् । अर्थमन्त्री डा. प्रकाश शरण महतले पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा नियुक्त गरेका हुन् ।
गत बिहीबार मात्रै अर्थ मन्त्रालयमा सरुवा भएका पाण्डे त्यसअघि निजामती राष्ट्रिय किताबखानाका महानिर्देशक थिए।
यस अघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको अर्थ मन्त्रालयले जनाएको छ । पोखरेल मन्त्रालय तानिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँच पास भइसकेर १०० केजी सुन भित्रिँदा भन्सार प्रमुख पोखरेल बिदामा थिए । पोखरेल २ महिने बिदामा रहेकै समयमा साउन ३ गते विमानस्थल पार गरेर १०० केजी सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page