कञ्चनरुप, ११ श्रावण । सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिका ४ बस्ने २५ वर्षीय मुकेश कुमार यादवको बुधबार राति करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै खेतमा पानि तान्ने मोटर चलाउने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको हो ।
मोटरबाट खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेका उनलाई उपचारका लागि राजविराज स्थित छिन्नमस्ता अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा राति मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
शव परिक्षण पश्चात् परिवारको जिम्मा लगाएको तथा घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Add Comment