कञ्चनरुप, १५ साउन । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सल्लाहकार मनोहरकुमार पोखरेल माथी साउन १५ गते सोमबार जिल्ला प्रहरी कार्यालयमा भएको कुटपिट तथा दुर्व्यवहारको घटनाप्रति प्रेस चौतारी नेपाल शाखा सप्तरीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस चौतारी नेपाल शाखा सप्तरीका अध्यक्ष डम्बर राईले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको हो ।
समाचार संकलनका लागि जिल्ला प्रहरी कार्यालय पुगेका पत्रकार पोखरेललाई प्रहरी सहायक निरीक्षक राजेश्वर महतोले दुर्व्यवहार गर्दै कुटपिट गरिएको घटना अत्यन्तै दुःखद् र निन्दनीय भएको प्रेस चौतारीको निस्कर्ष छ ।
जवरजस्ती करणी र गर्भपतनको मुद्धा दर्ता गर्न प्रहरीले नमानेको भन्दै स्थानीयले गरेको गुनासोको विषयमा बुझ्न पुगेका पत्रकार तथा इन्सेककर्मी पोखरेललाई कार्यालयभित्रै गरिएको आक्रमण सिंगो पत्रकारिता क्षेत्रमाथिकै आक्रमणका रुपमा लिएको बिज्ञप्तीमा उल्लेख छ ।
यस घटनाले पत्रकारहरु प्रहरीबाटै असुरक्षित रहेको पुष्टि हुनुका साथै प्रहरी संगठनको गरिमा माथिनै प्रश्न तेर्साएको छ ।
शान्ती सुरक्षाको प्रत्याभूति गर्ने निकायले नै सञ्चारकर्मी एवं अधिकारकर्मी जस्तो गरिमामय जिम्मेवार व्यक्तिमाथी प्रहरीले नै कुटपिट दुर्व्यवहार जस्तो दुखद घटनामा उत्रिएकोमा दुख व्यक्त गर्दे संगठनले यसको घोर भत्सर्ना गरेको बिज्ञप्तीमा उल्लेख छ ।
सञ्चारकर्मीमाथी आक्रमण गरेर सिगो प्रेस स्वतन्त्रतको दखल मात्र पुर्याएन, नेपाल प्रहरीको बेइज्ज्ती गर्दै मान मर्यादा र सम्मानमा ठोस पुर्यएको चौतारीको ठहर छ । अनुशासन र कर्तव्यलाई कुल्चेर उछृङखल सैलीमा लागेका प्रहरी महत्तोलाई कारवाहीका लागि चौतारीले सम्बन्धित पक्षसंग जोरदार माँग समेत गरेको छ ।
साथै दोषी प्रहरी महत्तोमाथी कानूनत कारवाही गरेर संगठनलाई प्रतिलिपि वा जानकारी दिन जिल्ला प्रहरी कार्यालय समक्ष माँग गर्दछौ बिज्ञप्तीमा भनिएको छ । दोषीलाई तीन दिन भित्र कुनै कारवाही नगरे सिङ्गो संगठन आन्दोलनमा उत्रिन वाध्य हुने समेत प्रेस चौतारीले विज्ञप्तीमा उल्लेख गरेको छ ।
त्यस्तै प्रहरीको कुटपिटबाट घाइते भई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराईरहनुभएका पत्रकार पोखरेलको शिघ्र स्वास्थ्यलाभको कामना समेत प्रेस चौतारी नेपाल सप्तरी शाखाले गरेको छ ।
Add Comment