अर्थतन्त्र समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको मूल्य १०० रूपैयाँ घट्ने

काठमाडौँ, १६ साउन । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेशनले प्रत्येक १५र१५ दिनमा मूल्य अपडेट गरेर पठाउने गरेको छ ।
नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ८ रूपैयाँ, डिजेल ६ रूपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ। हाल पट्रोलको मूल्य १६४ रुपैयाँ छ।
यस्तै मट्टितेल साढे ७ रूपैयाँ र हवाई इन्धनमा ८ रूपैयाँले बढेको छ। खाना पकाउने ग्यासको मूल्य भने एक सय रूपैयाँले घटेको नेपाल आयल निगमले जनाएको छ।
नेपाल आयल निगमले ३१ असारमा लागू गरेको स्वचालित मूल्य प्रणाली अनुसार इन्धनको मूल्य भारी मात्रामा बढ्न लागेको हो । जसअनुसार खाना पकाउने ग्याँसको मूल्य भने सिलिण्डरमा एक सय रुपैयाँले घट्ने छ ।

   

You cannot copy content of this page